
काठमाडौं । सरकारले २ महिना २० दिन कार्यकाल बाँकी रहदा पदबाट बर्खास्त गरेका राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) लाई सर्वोच्च अदालतले पुनर्वहाली गरेको छ ।
न्यायाधीश हरि फुँयालको एकल इजलासले बुधवारको सुनुवाईपछि श्यामललाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।
श्यामललाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७५ असार ३ गते राससको अध्यक्षमा चार वर्षका लागि नियुक्ति दिएको थियो । देउवा सरकारले उनलाई गत चैत ६ गते मन्त्रिपरिषद बैठकबाट हटाएको थियो ।
प्रतिक्रिया दिनुहोस्