काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

मधेश प्रदेश सभाको बैठक २ मिनेट बसेर स्थगित

4.91K
shares
khanepani bord

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक बुधबार २ मिनेट मात्र बसेर स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले यो बैठकलाई अगाडि नबढाउन सभामुखसँग आग्रह गरे ।

यस्तै, नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरुलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने गरेको बताए ।

उनले १० पटकसम्म बैठकमा उपस्थित नहुने सांसदको पद स्वतः खारेज हुने विधानमा व्यवस्था भएकाले त्यसतर्फ पनि ध्यान दिन सभामुखलाई आग्रह गरे ।

यी दुईजना सांसदले बोले लगत्तै सभामुख सरोज कुमार यादवले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।

IME
khanepani