आधिकारिक ट्रेड युनियन अर्घाखाँचीले खुल्ला हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गर्ने

अर्घाखाँची । निजामती कर्मचारीकाे आधिकारिक ट्रेड युनियन अर्घाखाँचीले खुल्ला हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएकाे छ । २५ चैतदेखि खुल्ला हाजिरिजवाफ प्रतियाेगिता आयाेजना गरिएकाे युनियनका अध्यक्ष कृष्ण बर्माले जानकारी दिए ।

बर्माका अनुसार प्रतियाेगितामा कार्यालयकाे प्रतिनिधित्व हुनुपर्नेछ । जसमा दुई जना कार्मचारीसहित तीन जनाकाे टिम बनाउन सकिनेछ । टिम दर्ताकाे लागि १ हजार शुल्क ताेकिएकाे बर्माले जानकारी दिए ।

‘लाेकसेवा तथा शिक्षकसेवाकाे तयारी गरिरहेकालाई सहज हाेस् भनेर याे प्रतियाेगिता आयाेजना गरेका छाैँ,’ अध्यक्ष बर्माले भने, ‘कर्मचारी तथा बाहिरबाट पनि सहभागी आउन सक्नुहुन्छ ।’

प्रतियाेगितामा प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार, तृतिय हुनेले ३ हजार र सान्त्वना हुनेले १ हजार ५ सय प्राप्त गर्नेछन् ।

१७,चैत्र.२०७८,बिहीबार ०८:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्