फर्निचर उद्योगबाट अवैध सालको काठ बरामद, फर्निचर सञ्चालक नियन्त्रणमा

गोरखा। गोरखा नगरपालिका–३ नारेश्वरस्थित विन्ध्यावासिनी फर्निचर उद्योगबाट अवैध सालको काठ बरामद गरिएको छ ।

बिहीवार साँझ उद्योगबाट ४३.४१ क्यू फिट (१२ थान) काठको गोलिया बरामद गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

‘अवैध काठ छ भन्ने विशेष सूचना पायौ,’ कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने, ‘हाम्रो टोली त्यहा पुगेर हेर्दा फर्निचरको कम्पाउण्ड भित्र काठ भेटियो ।’

अवैध रुमपा काठ ल्याएको आरोपमा फर्निचर सञ्चालक संजोग तिमिल्सिनालाई कार्यालयले नियन्त्रणमा लिएको छ ।

उनीबिरुद्ध जायरी दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको कार्यालयका पौडेलले जानकारी दिए ।

१८,चैत्र.२०७८,शुक्रबार १२:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्