काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिने : मन्त्री आले

4.5K
shares
khanepani bord

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन् ।

विराटनगर विमानस्थलको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने बताए। उनले भने, ‘विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको छ, भौतिक संरचनालगायत काम चाँडै गरिने छ ।’

मन्त्री आलेले विमानस्थल स्तरोन्नतिका लागि रकम अपुग भए आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गर्ने जानकारी दिए ।

विराटनगरबाट अन्य क्षेत्रमा हवाई सेवा सञ्चालन गर्न पहल भइरहेको उनले बताए । क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि रु १७ करोड आवश्यक पर्ने मन्त्री आलेले उल्लेख गरे ।

उनले भने, ‘विराटनगर क्षेत्रीय स्तरको विमानस्थल बनाउन आवश्यक छ ।’ विराटनगर विमानस्थलमा रहेका कतिपय संरचना जीर्ण भएका र केही पुनः निर्माण गर्नुपर्ने देखिएकाले त्यसका लागि बोलपत्र आह्वान भइसकेको मन्त्री आलेले जानकारी दिए ।

IME
khanepani