गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

केपी ओली विजयी भए देश दुर्घटनामा जान्छ : प्रचण्ड

4.37K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री एमव् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान खारेज गर्ने प्रयास गरेको अरोप लगाएका छन् । शुक्रबार काभ्रेका युवालाई आफ्नो पार्टीमा प्रवेश गराउँदै प्रचण्डले संविधानका उपलब्धी उल्ट्याउन संसद विघटन गरेको समेत टिप्पणी गरे।

‘गत साल केपी ओलीले यो संविधान खारेज गराउने दुस्साहास गरे जसमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, मेधशी,थारुलाई विशेष अधिकार दिएको छ,’ प्रचण्डले भने, ‘त्यसलाई उल्ट्याउनका लागि पटक–पटक असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रनिनिधिसभा विघटन गर्ने दुस्साहस गरे।’

‘ओलीको अहंकार’ अझैं पराजित नभएको भन्दै प्रचण्डले आउने चुनावमा ओली विजयी भए देश दुर्घटनामा जाने खतरा रहेको समेत दावी गरे। उनले भने, ‘हामीले त्यसका विरुद्धमा आन्दोलन गर्‍यौं । हामी विजयी भयौं, केपी ओली पराजित भए । तर, पराजित भए पनि उनको अझैं उनको अहंकार र घमण्ड तोडिएको छैन् ।’

प्रचण्डले थपे, ‘आउने निर्वाचनमा हामी विजयी भएनौं भने र त्यस्ता प्रतिगामी, संविधान विरोधी शक्ति विजयी भए भने देश दुर्घटनामा जान सक्ने खतरा छ ।’

IME
khanepani