काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

मोदीसँग वार्ताका लागि प्रधानमन्त्री देउवा हैदराबाद हाउसमा

4.58K
shares
khanepani bord

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ताका लागि हैदराबाद हाउसमा पुगेका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी मोदीले हैदराबाद हाउसमा स्वागत गरेका छन् ।

दुई देशका प्रधानमन्त्रीबीच एक्ला एक्लै वार्तापछि दुबै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ । हैदराबाद हाउसबाटै दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेलसेवाको उद्घाटन गर्नेछन् भने सोलु कोरिडोर प्रसारण लाइनको पनि उद्घाटन गर्ने कार्यक्रम छ ।

संयुक्त रुपमा उद्घाटन गरिने परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् ।

हैदरावाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले रिमोर्टमार्फत यी परियोजनाको उद्घाटन गर्नेछन् ।

IME
khanepani