काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी...

पुरा पढ्नुहाेस्

संविधानप्रति निष्ठावान रहेको स्वघोषणा गराउनु आपत्तिजनक : तमलोपा

4.38K
shares
khanepani bord

काठमाडौं । तराई मधेश लोकतान्त्रिक पार्टीले स्थानीय तह निर्वाचनमा उम्मेदवार मनोनयनका लागि ‘नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको’ भनी स्वघोषणा गर्न बाध्य पार्नु आपत्तिजनक भएको बताएको छ ।

शुक्रबार बसेको पार्टीको बैठकले स्थानीय तहको उम्मेदवार हुने योग्यता स्थानीय तह निर्वाचन ऐन २०७३ मा प्रष्ट गरिएको भन्दै त्यसबाहेकका नयाँ व्यवस्था थोपर्न नहुने निर्णय गरेको हो ।

नेपालको संविधानको भाग ३१ मा संविधान संशोधनको व्यवस्था रहेको भन्दै तमलोपाले संशोधनको प्रक्रियाको सुरुवात संविधानको कुनै प्रावधानको असहमतिबाटै हुने भएकाले संविधानप्रति पूर्ण निष्ठावान रहेको भनी स्वघोषणा गर्न बाध्य नपार्न आग्रह गरेको छ ।

‘नेपालको मधेशी, मुस्लिम, थारु, आदिवासी जनजाति संविधानका कतिपय प्रावधानमा संशोधनको माग गर्दै आइरहेको र यसका निमित्त जनताले निरन्तर आन्दोलन गरिरहेको तथ्यलाई बिर्सी उम्मेदवारले उम्मेदवारी मनोनयन गर्दा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको स्वघोषणा गर्न बाध्य पार्ने व्यवस्थाप्रति आपत्ति व्यक्त गर्दछ’ बैठकपछि शनिबार अध्यक्ष वृषेशचन्द्र लालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तमलोपाले स्थानीय तह निर्वाचनमा पार्टीका व्यवस्थित सहभागिता, उम्मेदवार चयन, प्रचार प्रसार व्यवस्थापन र रेखदेखका निमित्त अध्यक्ष लालको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ । जसमा वरिष्ठ नेता डा. विजयकुमार सिंह र केन्द्रीय सदस्यहरु मोहम्मद असगर अली, विन्दु ठाकुर र रामप्रित यादव सदस्य छन् ।

IME
khanepani