प्रदेश १ मा सत्तारुढ गठबन्धनले वडा तहसम्म बनायो कार्यदल

विराटनगर । सत्तारुढ गठबन्धनमा रहेका चार दलले स्थानीय तह निर्वाचनमा तालमेलका लागि प्रदेश १ मा कार्यदल गठन गरेको छ । शनिबार इटहरीमा बसेको गठबन्धनको बैठकले वडा तहसम्म तालमेलको मोडालिटी तयार गर्न कार्यदल गठन गरेको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरु सहभागी थिए ।

बैठकले चुनावी तालमेलको मोडालिटी तयार गर्न कार्यदल बनाएर अघि बढ्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।

कार्यदलमा कांग्रेस प्रदेश सभापति उद्धव थापा र महामन्त्री उमेश थापा, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङ र उपाध्यक्ष उमेश थापा छन् ।

बैठकले गठबन्धनमा रहेका दलकाे प्रदेश प्रमुखहरु रहेको अनुगमन संयन्त्र पनि निर्माण गर्ने निर्णय गरेको छ । कार्यदलले अध्ययनपछि बस्ने बैठकले थप निर्णय गर्नेछ ।

१९,चैत्र.२०७८,शनिबार १७:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्