काठमाडौँ । काठकमाडौँ निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ।
स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई आयोगले छलफलका लागि बोलाएको हो।
चैत २२ गते मंगलबार दलहरूका प्रतिनिधिसँग आयोगले आचारसंहिताबारे प्रतिवद्धता लिन लागेको छ।
आयोगले वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि दलहरूबाट निर्वाचन आचारसंहिता कार्यान्वयनबारे प्रतिवद्धता लिने तयारी गरेको आयोग स्रोतको भनाइ छ।
गत चैत ३ मै निर्वाचन आचारसंहिता स्वीकृत भई राजपत्रमासमेत प्रकाशित भइसकेको छ।
स्थानीय चुनावमा भाग लिने ७९ दलका प्रतिनिधिसँग छलफल गरेर आचारसंहिता पालनाको लागि प्रतिवद्धता लिइने आयोगको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्