कोरोनाले विदेश पढ्न जान रोकिएका विद्यार्थीले चैत २५ भित्र मन्त्रालयमा निवेदन दिनुपर्ने

काठमाडौँ । काठमाडौँ कोरोनाले गर्दा विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूले चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ।

कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए।

कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन भनेको छ।

www.moest.gov.np मा राखिएको निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर चैत २५ भित्र मन्त्रालयको शिक्षा शाखाको इमेल [email protected] मा निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ।

चीनलगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले फेरि चीन गएर पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाइदिन पटकपटक सरकारलाई आग्रह गर्दै आएका थिए।

२१,चैत्र.२०७८,सोमबार ०८:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्