काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्...

पुरा पढ्नुहाेस्

वीरगञ्ज र मकवानपुर उद्योग वाणिज्य संघबीच भगिनी सम्बन्ध

4.85K
shares
khanepani bord

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मकवानपुर उद्योग वाणिज्य सङ्घसँग व्यापार विस्तार र आपसी समन्वय र सहकार्यको लागि भगिनी सम्बन्ध कायम गरेको छ । वीरगञ्जका अध्यक्ष सुबोधकुमार गुप्ता र मकवानपुरका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले स्मृति–पत्रमा हस्ताक्षर गरेका हुन् ।

समकक्षी जिल्ला उद्योग वाणिज्य सङ्घहरुसँग भेटघाट, विभिन्न अवसर, सम्भावना र समस्याहरुलाई एक–अर्का सङ्घबीच साझा गर्ने, समस्या समाधानका लागि एकीकृत रुपमा आवाज उठाउने उद्देश्यले मकवानपुर उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्ध स्थापना गरेको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

त्यस अवसरमा वीरगञ्ज उवासङ्घका अध्यक्ष गुप्ताले वीरगञ्जको आर्थिक, सामाजिक महत्व, यसले बोकेको सम्भावनाका बारेमा जानकारी गराएका थिए । वीरगञ्जले मुलुककै आर्थिक उन्नयनका लागि खेलेको भूमिका बारे चर्चा उनले गरेका थिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघले विभिन्न मन्त्रालयका मन्त्री, सचिव, विभागका महानिर्देशक लगायत सम्बन्धित निकायहरुसँग भेटघाटको क्रममा कर, राजस्व, भंसार, स्थानीय कर, पूर्वाधार विकास, औद्योगिक विकास, शान्ति सुरक्षा लगायतका मुद्दाहरु उठाउँदै आएको छ ।

ती मुद्धाहरुलाई राष्ट्रियस्तरमा उजागर गरी समाधानको लागि आपसी समन्वय एवं सहकार्यको आवश्यकता रहेको अध्यक्ष गुप्ताको भनाइ छ । उद्योग वाणिज्य सङ्घहरुको संयुक्त पहल र प्रयासबाट मात्रै समस्या समाधान हुन सक्नेमा उनले जोड दिए ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले हेटौंडामा उद्योग, व्यापार, व्यवसायको साथै सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटन, ह्याण्डी क्राफ्ट्सको विकास र प्रवद्र्धनको लागि सहकार्य गर्न आग्रह गरे ।

IME
khanepani