
रामेछाप । रामेछाप नगरपालिका वार्ड नं ३ मा एमाले र नेपाली कांग्रेस वीच कडा प्रतिस्पर्धा हुर्दै आएको छ । यस वडामा नेपाली कांग्रेसको मत एमालेको भन्दा अलिक बढी देखिन्छ । तर, पनि एमालेले नै स्थानीय तहको निर्वाचनमा निर्वाचित हुदै आएको छ ।
रामेछाप नगरपालिका वडा नम्बर ३ साघुँटारमा बैशाख ३० गते हुन गहिरहेको स्थानिय निर्वाचनमा नेकपा एमाले रामेछाप नगर कमिटी उपसचिव, नगर पार्टी प्रबक्ता, चनाव प्रचार प्रसार समिति संयोजक, नगर घोषणा पत्र लेखन कार्यका संयोजक समेत रहेका युवा नेता माधब ढकाल अध्यक्ष पदका लागि वडा कमिटीले नाम अगाडि सारेको छ । माधव सहति अन्य वडा सदस्यका दावेदारहरुको नाम सार्वजनिक भए पनि सर्वसम्मत बनाउने प्रयास भने जारी रहेको छ । वर्तमान वडा सदस्य भुपाल श्रेष्ठले पनि आफ्नो दावी प्रस्तुत गरेका छन ।
ढकाल विगत १२ वर्ष देखि सक्रिय राजनितिमा छन । अनि अस्कल क्याम्पसमा अनेरास्ववियु २०६५ साल देखि हाल सम्म धेरै कमिटिमा बसि काम गर्दै आउनु भएको छ । अनेरास्ववियु सम्पर्क कमिटी अध्यक्ष, केन्द्रिय कमिटी सदस्य, युवा संघ नेपाल अन्तरजिल्ला कमिटी सचिव, सम्पर्क मञ्च सल्लाह समिती सदस्य, नगर कमिटी सदस्य, सचिवालय हुदै नगर किमटी उप(सचिवको जिम्बेवारि सफल्ता पुर्वक समालिसकेका छन भने ढकाल सामाजिक, गैर (सरकारि संध संस्थामा ७ वर्षभन्दा लामो अधिकृत भन्दा माथिको पदमा रहेर काम गरिसकेका छन । अध्यन्नमा वतावरण विज्ञान विषयमा स्नात तथा ग्रामिण विकासमा डिग्रि सम्म सकिसकेका छन ।
उनको विभिन्न क्षेत्रमा क्षेमताको,दक्षेताको, लगनसिलको, विचारको, क्रियाशिलताको, दृष्टिकोण र अचारणको हिसावले अबल उमेदवार रहेको कुरा साघुँटार काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रविन महत बताउँछन ।
ढकाल भन्छन, नगरभरिको योजना बनाउन सक्ने सक्षम मान्छे वडामा साथिहरूले युवा नेतृत्वलाई टिकट दिएर जिताउन लागि परेभने साच्चै नै हाम्रो साँघुटारमा पर्यटकिय, हिसावले अब्बल,कृषिमा आधुनिकरण, युवा स्वरोजगार क्षेत्रमा नमुना कामगरि अरू वडा बासिले साघुँटारवाट सिक्न लाएक बनाउने प्रतिवद्वता जनाउने कुरा सार्वजनिक गर्दै आएका छन ।
यस वडामा पार्टी वडा अध्यक्ष निलकण्ठ ्ढकालले पनि उम्मेदवार हुने इच्छा देखाएका छन । नेपाली कांग्रेसबाट नबराज ढकालको सम्भावना देखिएको छ । तर, ढकाललाई मनाउने प्रयास भने जारी छ । यदि का्रग्रेसबाट नबराज उम्मेदवारबाट पछि हटे दलबहादुर प्रधान उठ्ने सम्भावना देखिएको छ । यसो भयो भने एमाललेबाट जो कोहि उठे पनि जित्ने सुनिश्चत जस्तै हुन्छ ।
प्रतिक्रिया दिनुहोस्