काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा...

पुरा पढ्नुहाेस्

प्रेस काउन्सिलका अध्यक्ष बस्नेत भन्छन्, ‘समाजलाई भ्रमित पार्ने व्यक्ति पत्रकार होइन’

4.47K
shares
khanepani bord

सुर्खेत । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको नाममा सञ्चार कर्म नगरी समाजलाई भ्रमित पार्ने व्यक्ति पत्रकार हुन नसक्ने बताएका छन् ।

काउन्सिलले मंगलबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष बस्नेतले भने– पछिल्लो समय पत्रकार आचारसंहिता उल्लघंनका उजुरी बढ्दै गएपछि यसको निराकरणका लागि प्रेस काउन्सिल नेपालले देशव्यापी आचारसंहिता जागरण अभियान सुरु गरेको छ ।

उनले थपे– पछिल्लो समय पत्रकार आचारसंहिता उलंघनका घटना बढेकोले पत्रकार महासंघ र प्रेस काउन्सिल अझ बढी मैदानमा आउन जरुरी छ । सामाजिक सञ्जाललाई सिर्जनात्मकरुपमा प्रयोग गर्दै सकारात्मक सन्देश दिने माध्यमको रुपमा प्रयोग गर्नुपर्छ ।

IME
khanepani