काठमाडौं । धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि आकस्मिक अवतरण गर्नु परेको छ ।
बुद्ध एयरका अनुसार धनगढीबाट काठमाडौंका लागि उडेको उडान नम्बर २५२ जहाजमा यात्रुको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो । सो जहाजलाई धनगढीबाट नजिकैको नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको छ ।
विमानस्थलमा एम्बुलेन्स र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको थियो । यात्रुको चेकजाँच र यात्रुले ठिक छ भने पछि बिरामी आफन्तका साथमा बाहिर निस्किएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्