काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

नेकपा एस बाँकेका उपसचिवसहित पाँच सय नेता एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

4.47K
shares
khanepani bord

सुर्खेत । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बाँकेका उपसचिव ईश्वर थापा एमालेमै फर्कने भएका छन् । उनीसहित नेकपा एसकै युवा संघका केन्द्रीय सदस्य राजु तामाङसहित पाँच सयजनाको पार्टी प्रवेश कार्यक्रम तय गरिएको एमाले जिल्ला सचिव रत्न खत्रीले बताए । अध्यक्ष केपी शर्मा ओलीले आज उनीहरुलाई एमालेमा स्वागत गर्दैछन् ।

‘एसका उपसचिवको नेतृत्वमा पाँच सयभन्दा बढी नेकपा एसका कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको छ’, सचिव खत्रीले भने, ‘त्यसका अलावा मओवादी, अन्य दलबाट पार्टी प्रवेश गर्नेको संख्या उल्लेख्य हुनेछ ।’

IME
khanepani