काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

धनगढीको मेयरमा युवा नेता रानाको पनि आकांक्षा

4.55K
shares
khanepani bord

कैलाली । आगामी वैसाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेको छ । अहिले दलहरु उम्मेदवारहरुको खोजीमा छन् । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा पनि आकांक्षीहरुको संख्या बढिरहेको छ ।

एमालेको शुक्रबार सम्पन्न उपमहानगर कमिटीको तेस्रो पूर्ण बैठकमा उम्मेदवारबारे छलफल भएको थियो । सर्वसम्मत रुपमा प्रमुख र उपप्रमुख सिफारिसको प्रयास भएपनि आकांक्षी धेरैपछि सफल भएन । उक्त बैठकमा आधा दर्जन बढीले प्रमुख र उपप्रमुखमा दाबी गरेका थिए ।

प्रमुखमा जीवनकुमार बम, दुर्गाप्रसाद जोशी, रणबहादुर चन्द, राजेश खाती र कमलसिंह राना रहेका छन् । उनीहरुमध्ये राना नयाँ अनुहार हुन् ।

करिब ९३ हजार बढी मतदाता रहेको धनगढी उपमहानगर पालिकामा २० हजार बढी राना समुदायको बसोबास रहेको छ । यसअघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा नारदमुनि राना धनगढीमा उपप्रमुखमा विजयी भएका थिए । पछि २०७४ सालको प्रनिनिधिसभा निर्वाचनमा उनै रानाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई हराएका थिए ।

अहिले पाँच दलीय गठबन्धनविरुद्ध नयाँ अनुहार भए पनि सबैभन्दा बलिया उम्मेदवारको रुपमा राना देखिएका छन् । ३ विषय (भौतिक विज्ञान, जनप्रशासन र राजनीति शास्त्र)मा स्नातकोत्तर गरेका राना निर्वाचन जित्ने गरी उम्मेदवारी घोषणा गरेको बताउँछन् ।

‘मैले सबैसँगको सल्लाह र सुझावमा धनगढी उपमहानगर पालिकाको प्रमुखमा दाबी गरेको हुँ’ उनले भने, ‘धनगढीलाई सुन्दर समृद्ध बनाउने खाका मेरो साथमा छ ।’

यसअघिको निर्वाचनमा प्रमुखमा चौथो स्थानमा रहेको एमालेलाई पहिलो स्थानमा बनाउन आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए ।

IME
khanepani