मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजीनामा

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् ।

बैंक स्रोतका अनुसार सञ्चालक समितिले खुञ्जेलीलाई राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेको थियो ।

सञ्चालक समितिसँग मनमुटाव सुरु भएपछि काम गर्न नसकिने निस्कर्ष निकाल्दै उनले राजीनामा बुझाएको बैंक स्रोतले बताएको छ । यद्यपि, उनको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

खुञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ थिइन् ।

२५,चैत्र.२०७८,शुक्रबार ०९:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्