सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ ।
चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।

२५,चैत्र.२०७८,शुक्रबार ११:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्