हेटौडा सिमेन्ट उद्योग लिमिटेको महाप्रवन्धकलगायत दर्जनौ व्यक्ति नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहालालाई र सदस्यमा केशवराज आचार्यलाई नियुक्ती तथा मनोनयन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित पत्रकारसम्मेलनमार्फ जानकारी गराएका हुन् ।

बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल र प्रा.डा. भगवानदास मानन्धरलाई मनोनयन गर्ने निर्णय भएको छ । श्रम अदालतको अध्यक्षमा उच्च अदालत बिराटनगरको वखलढुंगा इजलाशका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने निर्णय पनि गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतकोसमेत कामकाज गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मालाई तोक्ने निर्णय भएको छ । राजस्व न्यायधिकरण पोखराको कानून सदस्य एमव अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद भण्डारीलाई तोक्ने निर्णय भएको छ ।

बैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर बिरगञ्ज इजलाशका न्यायाधीश डा।रबी शर्मालाई तोक्ने निर्णय भएको छ ।

भूकम्पबाट प्रभावित संरचनाको पुर्ननिर्माणको पुनरावेदन समितिको अध्यक्षमा अदालतकोसमेत कामकाज गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने निर्णय भएको छ । सैनीक विशेष अदालतको अध्यक्षमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने निर्णय भएको छ ।

२५,चैत्र.२०७८,शुक्रबार १२:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्