नेपाली कांग्रेसका क्षेत्रिय सदस्य तथा अधिवेशन प्रदेश प्रतिनिधि लक्ष्मण खड्का एमालेमा प्रवेश
वि.सं.२०७८ चैत २५ शुक्रवार १३:०६
shares

कैलाली । नेपाली कांग्रेसका क्षेत्रिय सदस्य तथा अधिवेशन प्रदेश प्रतिनिधि लक्ष्मण खड्का एमालेमा प्रवेश गरेका छन् ।
नेता खड्कालाई एमाले सचिव एवं सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टले खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी राना,एमाले सुदुरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठक,केन्द्रिय निर्वाचन विभाग सदस्य रण बहादुर चन्द लगायत जिल्लाका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो।
काङ्ग्रेस परित्याग गरि एमाले प्रवेश गरेका खड्काले काङ्ग्रेस माओवादीसँग विलय भै आफ्ना मुद्दाहरुलाई प्रचण्डको पाउमा विसर्जन गरेकाले आफुले उक्त पार्टी परित्याग गरेको बताएका हुन् ।























