काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

भीमबहादुरको मृत्यु भवितव्य : एक जनालाई सफाइ, अर्कालाई ६ महिना कैद

4.95K
shares
khanepani bord

चितवन । यसवर्षको दसैंको महानवमीको दिन चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा स्थानीय ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट हत्या भएको घटनालाई चितवन जिल्ला अदालतले भवितव्य ठहर गरेको छ ।

आवेशप्रेरित हत्या भनी मुद्दा चलाइएकोमा जिल्ला अदालतले भवितव्यमा ज्यान गएको ठहर गरेको हो । न्यायाधीश गायत्री रेग्मीको इजलासले शुक्रबार गरेको फैसलाअनुसार आरोपित सीताराम बस्नेतले सफाइ पाएका छन् भने अर्का आरोपित दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको अदालतका सूचना अधिकारी श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए ।

प्रहरी हिरासतमा बसेको दिनदेखि कैद समय गणना हुने हुँदा श्रेष्ठको कैद अवधि चैत २८ गते ६ महिना पुग्ने देखिन्छ । हालसम्म दुवै आरोपित पुर्पक्षका लागि थुनामा छन् ।

दुवै आरोपितलाई कात्तिक २२ गते पुर्पक्षका लागि थुनामा पठाइएका थिए । प्रहरीले घटना भएकै दिन त्यसमा संलग्न भनिएका ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । दिलिप पल्लवी फार्मेसीका सञ्चालक हुन् ।

IME
khanepani