जसपा परित्याग गरेकी औरही गाउँपालिकाकी उपाध्यक्ष यादव कांग्रेसमा प्रवेश

जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले गाउँपालिका उपाध्यक्ष यादवलाई फूल माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित उनले कहिदिन अगाडी पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् । आज उनीसहित जसपा र अन्य पार्टीका दर्जनौँ नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

यो पटक पुनः उपाध्यक्षको टिकट नदिने भएपछि उनले जसपा छाडेको बताइन्छ । कांग्रेसले भने उनलाई उपाध्यक्षको टिकट दिने आश्वासन दिएर पार्टीमा ल्याएको छ ।

२६,चैत्र.२०७८,शनिबार १६:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्