४२ महिनासम्म केपी सरकारले एउटा फुटेको कौडी पनि गरेन : खनाल
वि.सं.२०७८ चैत २६ शनिवार १७:०३
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले ४२ महिना सरकारमा बसेर फुटेको कौडी पनि गर्न नसकेको टिप्पणी गरेका छन् ।
पार्टीको काठमाडौं जिल्ला कमिटीले आज भृकुटीमण्डपमा आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामीले जहीँतहीँ बहुमत प्राप्त गरेका थियौँ । त्यसैले क्रान्ति नै क्रान्ति गर्न सक्थ्यौँ,’ उनले भने, ‘४२ महिनासम्म सरकारमा बसेको नेकपा एमाले नेतृत्व गुटको नायक खड्गप्रसाद ओलीको नेतृत्वको सरकारले एउटा फुटेको कौडी पनि गर्न सकेन् ।’























