काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

एनजिओ फेडरेसनका पूर्वअध्यक्ष लामा गाउँपालिका अध्यक्ष उम्मेदवारमा सर्वसम्मत

5.02K
shares
khanepani bord

काभ्रेपलाञ्चोक । नेकपा एमालेले काभ्रेको चौंरी देउराली गाउँपालिका अध्यक्षमा गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्ष जितराम लामालाई उम्मेदवार तय गरेको छ ।

गाउँपालिका कमिटीको शनिबार बसेको बैठकले एनजिओ फेडरेसनका पूर्वअध्यक्ष लामालाई अध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस गरेको हो । त्यस्तै उपाध्यक्षमा बबिता खरेललाई सर्वसम्मत सिफारिस गरिएको छ ।

खरेल पनि सामाजिक अभियन्ता हुन् । सामाजिक अनुभव र संगठन क्षमताका आधारमा दुवै उम्मेदवारलाई सर्वसम्मत अघि सारिएको नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सांसद नविना लामाले बताएकी छन् ।

चौंरी देउराली गाउँपालिकामा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो । माओवादी जनयुद्ध लडेको एउटा पंक्ति पार्टी विभाजनपछि नेकपा एमालेमा लागेको छ ।

IME
khanepani