विज्ञान र चेतनाको लामो नेपाली इतिहास देखाउँदै ओलीले भने, अमेरिका त अस्ति भर्खरै पत्ता लागेको हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली भूमिमा ज्ञान, विज्ञान र चेतनाको इतिहास लामो भएको बताएका छन् ।

पार्टीनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सिङ्गो विश्व अन्धकारमा रहेका बेला यो भू-भागमा ज्ञान, विज्ञान र शास्त्र तथा दर्शनको सुरुवात भइसकेको उनले बताए ।

यस भूभागको इतिहास धेरै लामो भएको बताउँदै अध्यक्ष ओलीले विश्व शक्ति राष्ट्र अमेरिकाको इतिहास नै यस भूभागभन्दा नयाँ रहेको बताए ।

‘अमेरिका त अस्ति भर्खरै पत्ता लाग्या हो । कति १५१४ की १४१५मा, बल्ल पत्ता लाग्या १,’ उनले भने,‘त्यो पनि भारत पुग्यौ भनेर अमेरिका पुग्यौ भनेर होइन । पश्चिम जाँदा खेरी पूर्व पुगिन्छ नि त पृथ्वी गोलो छ भनेर उनीहरूले हिँड्दै जाँदा एटलान्टीक पुगेपछि उनीहरूले पूर्व पुग्यौ भनेर त्यसलाई इन्डिया भने । तर पछि हेर्दा इन्डिया रैनछ ।’

२७,चैत्र.२०७८,आईतवार १७:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्