वैशाखमा निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति

काठमाडौं । वाणिज्य बैंकहरुले वैशाखका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने भद्र सहमति गरेका छन् । बैंकर्स संघको आइतबार बसेको बैठकले चैतका लागि तोकिएको ब्याजदर नै वैशाखका लागि पनि लागू गर्ने भद्र सहमति गरेका हुन् ।

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् । फागुन महिनामा सहज भए वैशाखका लागि ब्याजदर घटाउने बैंकर्सहरुको भनाइ थियो ।

तर तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् । यस अघि फागुनमा नै ११.०३ प्रतिशत ब्याजदर तोकिएको थियो । यसलाई चैतमा पनि बैंकहरुले निरन्तरता दिएका थिए ।

२७,चैत्र.२०७८,आईतवार १७:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्