एमालेमा फर्किएका सात जना सुर्खेत जिल्ला कमिटी सदस्यमा मनोनीत

सुर्खेत । नेकपा एमाले सुर्खेतको जिल्ला कमिटीमा सात जना मनोनीत भएका छन् ।

एमाले सुर्खेत प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाका अनुसार विभिन्न पार्टीबाट एकता तथा समायोजनको रूपमा आएका सात जनालाई कमिटीमा मनोनीत गरिएको हो ।

मनोनीत हुनेहरूमा लालमणि पौडेल, रत्नबहादुर बुढा, विमला थापा, रतन बिक, गोरख शाही, अम्मर बहादुर सिंह र यामराज शर्मा रहेका छन् ।

यस्तै बैठकले प्रदेश सल्लाहकार परिषद्मा ३२ जनालाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले गंगाराम तिमिल्सिना प्रचार प्रमुख रहने गरी त्रिभुवन बि सी, आकासतारा बयक, कोमल शाही, ईश्वर अधिकारी, गोविन्द खत्री, सीता वली, निम बुढा र तपेन्द्र बिसीलाई सदस्यमा चयन गरेको हो ।

एमालेको जिल्ला कमिटीको बैठक वैशाख तीन गते बस्ने भएको छ ।

२७,चैत्र.२०७८,आईतवार १८:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्