काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको क्षेत्रका समस्या समाधान खोज्छौँ : दिलेन्द्रप्रसाद बडू

4.99K
shares
khanepani bord

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् ।

पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्गठनका प्रतिनिधिहरूसँग आज (आइतबार) मन्त्री निवास पुलचोकमा कुराकानी गर्दै मन्त्री बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको सङ्कटको असर नेपालमा पनि परेकाले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए ।

उद्योगी, व्यवसायी र ढुवानीकर्ताहरूको समस्या एवं माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको भन्दै मन्त्री बडूले सबै मिलेर पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आश्वस्त पार्नुपर्ने आग्रह गरे ।

मन्त्री बडूलाई नेपाल एलपी ग्यास उद्योग सङ्घ, नेपाल पेट्रोलियम ढुवानी महासङ्घ र पेट्रोलियम पदार्थ डिलर्स एसोसिएसनका प्रतिनिधिहरूले पछिल्लो समय देखिएका समस्या र तिनको समाधानका लागि संयुक्त रुपमा ध्यानाकर्षण गराएका थिए ।

IME
khanepani