काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

अर्थमन्त्रीलाई विष्णु रिमालको प्रश्न: तकियामुनिको पैसा भेट्नुभयो ?

4.19K
shares
khanepani bord

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले देशको बिग्रँदो अर्थतन्त्रबारे चिन्ता व्यक्त गर्दै अर्थमन्त्री जनार्दन शर्मालाई ‘तकियामुनिको पैसा भेट्नुभयो ?’ भनी सोधेका छन् । केही दिनअघि अर्थमन्त्री शर्माले ‘तकियामुनिको पैसा खोज्दैछु’ भनेकोप्रति कटाक्ष गर्दै उनले भनेका छन्– गभर्नर निलम्बन गर्नुअघि अर्थमन्त्रीको भनाइ पढेको थिएँ– तकियामुनिको पैसा खोज्दैछु । खोजी कहाँ पुग्यो ? पैसा कता छ ? सिरानमुनि वा काखीमुनि ? जवाफ दिनु पर्दैन ?

उपमहासचिव रिमालले हुण्डी कारोबारीका कारण देशको अर्थतन्त्र चौपट भएको नि बताएका छन् । ‘आयात बढ्नु, विप्रेषण घट्नु, बजारबाट नेपाली रुपैयाँ गायव हुनु । यसको कनेक्सन के हो ?’ भनी प्रश्न गर्दै भनेका छन् ‘हुण्डी कारोबारीले डलर उतै खरीद गरी वस्तु आयात गर्नु, डलर बराबरको नेपाली रुपैयाँ यतै कतै जम्मा गर्नु, डलर बेच्नेले नेपाली स्रोत खुलाउनु पर्ने डरले बैंकमा जम्मा नगर्नुको कारण के हो ?’

नेकपा एमालेले अर्थमन्त्रीको अक्षमताका कारण देशको अर्थतन्त्र धराशायी भएको निष्कर्ष निकालेको छ ।

IME
khanepani