बुटवलको मेयरमा एमालेबाट ८ जना सिफारिस
वि.सं.२०७८ चैत २९ मंगलवार १८:१६
shares

बुटवल । बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।
एमाले उपमहानगर कमिटीको बैठकले नगर प्रमुखको उम्मेदवारका लागि हालका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य सहित ८ जनाको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले बताए ।
मेयरमा सिफारिस गरिएकाहरुमध्ये सुवेदी, आचार्य र सावित्रा अर्याल केन्द्रीय सदस्य हुन् । यस्तै गोपाल राना, बाबुराम भट्टराई, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस गरिएको छ ।
राना युवा, व्यवसायी र जनजाति समुदाय माझ लोकप्रिय नेता हुन् । भट्टराईद्वय लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष हुन् ।
बाबुराम औषधि व्यवसायीसमेत हुन् भने सुर्यबहादुर यातायात र निजी शिक्षा व्यवसायी हुन् । केसी एमाले रुपन्देहीका अध्यक्ष हुन् । रेग्मी बुटवल उपमहानरपालिका प्रवक्ता एवं वडा नं १६ का वडा अध्यक्ष हुन् । ८ जनाको नाम सिफारिस भए पनि टिकट पाउन गोपाल राना, बाबुराम भट्टराई र शिवराज सुवेदीबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।




















