लमजुङ । नेकपा (एमाले) लमजुङले निर्वाचनमा प्रस्तुत गर्ने प्रतिबद्धता तयारीका लागि अनुशिक्षण कार्यक्रम गरेको छ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा तीव्र तयारीमा जुटेको एमाले लमजुङले नेपाल बुद्धिजीवी परिषद् लमजुङको सहकार्यमा प्रतिबद्धता अनुशिक्षण कार्यक्रम गरी तयारी तीव्र पारेको हो।
एमाले लमजुङले जिल्लाको ८ वटै पालिकामा प्रतिबद्धता तयारी गर्नका लागि अनुशिक्षण कार्यक्रम गरी प्रक्रिया अघि बढाएको एमालेका केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीले बताए । अनुशिक्षणमा प्रत्येक पालिकाबाट २र२ जनाको सहभागिता रहेको थियो ।
व्यवस्थित र जनताको मन छुने योजना बनाउनुपर्ने, नागरिकका आवश्यकता र गर्नुपर्ने कामलाई सम्बोधन हुने गरेर प्रतिबद्धता आउनुपर्ने अधिकारीको भनाइ छ ।
जिल्लाका ८ वटै पालिकाबाट आगामी वैशाख २ गते प्रतिबद्धता तयार गरी एमाले जिल्ला कमिटीका बुझाउने र ९ गते देशभर एकै पटक प्रतिबद्धता घोषणा हुने कार्यक्रम रहेको नेकपा एमाले लमजुङका प्रचार विभाग प्रमुख कृष्ण केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्