काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णषय गरेको हो ।
वरीयतामा केसी, अर्का एआईजी रामशरण पौडेलभन्दा अगाडि थिए । सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आईजीपीको ४ वर्षे पदावधिका कारण सोमबार रातिदेखि अवकाश पाएका थिए ।
प्रतिक्रिया दिनुहोस्