विश्व वरीयताको टप १० मा पर्ने पहिलो नेपाली क्रिकेटर बने दीपेन्द्र

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेद्रसिंह ऐरी आईसीसी टी-२० वरीयताको अलराउण्डरतर्फ टप १० मा परेका छन् ।

आईसीसीले जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र शीर्ष १० मा अटाएका छन् । उनी वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी हुन् ।

अघिल्लो साता घरेलु मैदानमा सम्पन्न मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मेलित टी-२० सिरिजमा नेपाल च्याम्पियन बन्यो ।
नेपाललाई च्याम्पियन बनाउन दीपेन्द्रले उयत्कृष्ट प्रदर्शन गरे । उनले शतक समेत बनाए । उक्त सिरिजमा दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।

उसअघि अलराउण्डतर्फ पूर्वकप्तान पारस खड्का २५औं स्थानमा पुगेका थिए । दीपेन्द्र ब्याटिङतर्फ ३८औं स्थानमा छन् । कुशल भुर्तेल ३६औं स्थानमा छन् ।

यस्तै आरिफ शेख पहिलो पटक वरियतामा समावेश हुँदै ९९औं स्थानमा रहेका छन् ।

टी-२० बलिङतर्फ कप्तान सन्दीप लामिछाने ३८औं स्थानमा छन् । अविनाश बोहरा ८६औं स्थानमा छन् ।

३०,चैत्र.२०७८,बुधबार १५:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्