काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

स्थानीय निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउनुपर्छ : बस्नेत

4.9K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । युवाहरूको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र मुलुकले समृद्धिको मार्ग पहिल्याउन सक्ने बस्नेतको धारणा छ ।

परिषदको तर्फबाट जारी गरिएको नव वर्ष २०७९ को शुभकामना विज्ञप्तिमा बस्नेतले भनेका छन्, ‘आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवाहरुलाई उम्मेदवार बनाउन सबै राजनीतिक दलहरूलाई हार्दिक आह्वान गर्न चाहन्छौं ।’

राष्ट्रिय युवा नीति, २०७२ अनुसार नेपालमा १६ देखि ४० वर्ष सम्मका उमेर समूहलाई युवा भन्ने चलन छ । बस्नेतले त्यस्ता युवाले देशको कूल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेको दावी गर्दै सोही अनुपातमा युवाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन् ।

उपाध्यक्ष बस्नेतले भनेका छन्, ‘राष्ट्रिय युवा परिषद नेपाली युवालाई सवल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अंगमा उनीहरूको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र मुलुकले समृद्धिको मार्ग पहिल्याउन सक्दछ भन्ने मान्यतामा विश्वास राख्दछ ।’

आम युवाहरूलाई स्वरोजगार, उद्यमशीलता, नवप्रवर्तन र सिप विकासको माध्यमबाट राष्ट्र निर्माणको मुल प्रवाहमा समाहित गर्नु जरुरी छ,’ बस्नेतले भनेका छन्,’ संघ, प्रदेश र स्थानीय तहलाई अधिकतम् रुपमा युवा मैत्री वनाउँदै युवा सहभागिता, परिचालन र नेतृत्व विकास आजको आवश्यकता हो ।’

IME
khanepani