काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

कबिलासका मेयरसहित माओवादीका दर्जनौं जिल्ला नेता एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

4.38K
shares
khanepani bord

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट विजयी सर्लाहीकाे कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् ।

आज करिब पाँच हजारको संख्यामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको नेता बद्री न्यौपानेले जानकारी दिए ।

उनका अनुसार लालबन्दी नगरपालिका–११ मा माओवादीवाट विजयी वडा अध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीवाट पर्सा गाउँपालिका–३ मा विजयी वडा अध्यक्ष भीखारी साहसहित कांग्रेसबाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीवाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत विभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौं नेताहरु एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।

IME
khanepani