काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक...

पुरा पढ्नुहाेस्

कैलालीमा जसपासहित मधेश केन्द्रित ४ दलको छुट्टै गठबन्धन

5.56K
shares
khanepani bord

धनगढी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा मधेशकेन्द्रित दलहरुले छुट्टै गठबन्धन बनाउने सहमति गरेका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउदै मधेशवादी दलहरुसँग तालमेल गर्ने सहमति गरेको हो ।

जनता समाजवादी पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग गठबन्धन गरेर चुनावी तालमेल गर्ने भएको छ ।

शनिबार धनगढीमा संयुक्त पत्रकार सम्मेलन गर्दैै चार वटै पार्टीले चुनावी तालमेल गर्ने सहमति भएको जनाएका छन् । उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा आवश्यकता अनुसार अरु दलहरुसँग पिन गठबन्धन गरेर जाने सहमति भएको उल्लेख गरिएको छ ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति

IME
khanepani