काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

कपिलवस्तुको कपिलधाममा माधव नेपालका बुवाको शालिक अनावरण

4.81K
shares
khanepani bord

रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित कपिलधाममा संस्कृत साहित्यका विद्वान तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पिता पण्डित स्वर्गीय मंगलकुमार नेपालको शालिक अनावरण गरिएको छ ।

कपिल आरोज्ञ मन्दिर कपिलधाममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले नेपालको शालिक अनावरण गरेका हुन् ।त्यस्तै पाल्पामा जन्मेका पूर्वीय साहित्यका अध्येता तथा लेखक स्वर्गीय यादवप्रसाद कोइरालाको शालिकको अनावरण पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका छन् ।

सो अवसरमा नेपालले नेपाली कला, साहित्यको विकाससँगै बुद्धको जन्मस्थल लुम्बिनीसहित बुद्धले ज्ञान प्राप्त गरेको कपिलवस्तुको तिलौराकोट, कपिलधाम, रामग्रामलगायतका पर्यटकीयस्थलको विकासका लागि आफू लागिपर्ने बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालकी बहिनी बसुन्धरा नेपाल, बाल साहित्यकार जोसिका कंडेलले स्वर्गीय मंगलकुमार नेपालको जीवनसम्बन्धी काव्य वाचन गरेका थिए । यस्तै गिता अन्जानले स्वर्गीय मंगलकुमार नेपालको जीवनी प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बसुन्धरा नेपालले कपिलधामको प्रचारप्रसारका साथै यस ठाउँको विकासमा ध्यान दिनुपर्ने बताइन् । ऐतिहासिक महत्व बोकेको कपिलधाम अझैपनि पछाडि रहेको भन्दै लुम्बिनीमा कार्यक्रम गर्दा कपिलधाममा पनि प्याकेज ल्याउनुपर्नेमा उनको भनाइ थियोे ।

योसंगै साहित्य तीर्थस्थलका रुपमा विकास भइरहेको कपिलधाममा २२ जनाको प्रतिमा स्थापित भएको छ । मुलुकका विभिन्न क्षेत्रका स्रष्टा, संस्कृतविद्, शिक्षासेवी, योगी, महापण्डित, नेपाली वाङमय र कलासाधनाद्वारा राष्ट्रको गौरब बढाउने व्यत्तीत्वका अर्धकदका शालिक यहाँ राखिएका हुन् । यहाँ मुलुकभरका एक सय एक स्रष्टाको प्रतिमा राख्ने योजना बनाइएको प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष ऋषि आजादले बताए ।

सो कार्यक्रममा कपिलवस्तुका पशुपतिमणि त्रिपाठी, पूर्वीरुकुमका फत्तेकुमारी वली, रोल्पाका कविता उपाध्याय, रुपन्देहीका डिकबहादुर उपाध्याय, गुल्मीका नारायण ज्ञवाली, रुपन्देहीका गिरी श्रीसमगर र बाल साहित्यकार जोसिका कंडेललाई सम्मान गरिएको लुम्बिनी वाङ्मय प्रतिष्ठानका सचिव रुद्र ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका कावा अध्यक्ष बालकृष्ण भट्टराई, राप्ती साहित्य परिषदको पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सिना, वरिष्ठ साहित्यकार हरिराज शर्मा, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, संस्कृतविद् राजेन्द्रकुमार आचार्यले सहजीकरण गरेका थिए । कार्यक्रममा सातवटा पुस्तक विमोचन गरिएको थियो ।

आजादको अध्यक्षतामा नयाँ नेतृत्व चयन

लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले ऋषि आजादको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
समितिको उपाध्यक्ष हरि पोखरेल, उपाध्यक्ष सिर्जना ज्ञवाली, महासचिव अर्जुनकुमार पौडेल, सचिव शेखर दहित, कोषाध्यक्ष लक्ष्मण ज्ञवाली निर्वाचित भएका छन् ।

सदस्यहरुमा विक्रम शिशिर बाँके, मीना बराल बर्दिया, फत्तेकुमारी ओली रुकुम, कमलमणि देवकोटा दाङ, नवराज आचार्य, प्यूठान, कविता उपाध्याय रोल्पा, कृष्णकला भण्डारी पाल्पा, घनश्याम न्यौपाने परिश्रमी नवलपरासी, पशुपतिमणि त्रिपाठी कपिलवस्तु, तिलक लामिछाने रुपन्देही, कविता पन्थी गुल्मी, पिताम्बर बन्जाडे अर्घाखाँची निर्वाचित भएका छन् ।

IME
khanepani