गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

एउटा वडाको उम्मेदवार अर्को वडाको कार्यक्रममा गएपछि गगनले भने, ‘समय खेर नफाल्नुस्’

4.32K
shares
khanepani bord

काठमाडौँ । काठमाडौँ नेपाली कांग्रेसले स्थानीय तहको चुनावका लागि आफ्नै वडामा समय दिन नेता/कार्यकर्तालाई आग्रह गर्दै आएको छ।

आफ्नो वडामा मतदाता भेट्न घरदैलो गर्न छाडेर छिमेकी वडाका कार्यक्रममा सहभागी हुने प्रवृत्ति रहेकोले रोक्न कांग्रेसले यस्तो रणनीति लिएको छ।

तर वडाध्यक्षका उम्मेदवारहरू नै चुनावका मुखमा छिमेकी वडामा हुने कार्यक्रममा समय दिएको पाइएपछि महामन्त्री गगन थापाले त्यस्ता नेताहरूलाई आफ्नै वडामा समय खर्चन आग्रह गरेका छन्।

आज बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ को पार्टी कार्यालय उद्घाटन कार्यक्रम थियो। उक्त कार्यक्रममा बूढानिलकण्ठ १ का उम्मेदवार नै सहभागी थिए।

‘मैले यहाँ वडा नम्बर १ को उम्मेदवार नै देखेको छु। चुनाव आउन धेरै दिन बाँकी नरहेका बेलामा यस्ता कार्यक्रममा आएर समय खेर नफाल्नुस्,’ महामन्त्री थापाले भने।

उनले चुनाव मुखमा आइसकेका बेला भाषणमा समय धेरै खर्च नगर्न आग्रह गरेका थिए। सामूहिक आसनग्रहण गराउने र एक जनाले मात्रै बोल्ने गरी कार्यक्रम सक्नुपर्ने उनको भनाइ थियो।

‘यो बेला मतदाता भेट्ने हो। कुरा गर्ने हो,’ उनले भने। विगतमा कांग्रेसका कार्यक्रम तथा सभाहरूमा भिड धेरै देखिने तर भोट खासै नबढ्ने गरेको पाइएपछि टोलका नेता टोलमै राख्ने नीति कांग्रेसले यो चुनावमा लागू गर्न लागेको छ।

थापाले स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुन सक्ने बताएका थिए।

IME
khanepani