काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

सत्ता गठबन्धनले महानगरको भागवण्डा भोलि टुंग्याउने

4.3K
shares
khanepani bord

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा सोमबारसम्म टुंगो लगाउने भएको छ।

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जनाएका छन् ।

यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ । त्यस्तै सबै प्रदेशमा तालमेलको अवस्थाबारे सोमबार नै कार्यदलको रिपोर्ट लिने बैठकले निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र निर्माण गरेको थियो ।

IME
khanepani