काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

रुस र युक्रेनसहित ७० देशका ७३८ जनाले लिए हिमाल आरोहणको अनुमति

4.68K
shares
khanepani bord

काठमाडौं ।यसवर्ष नेपालका विभिन्न हिमाल आरोहण गर्न रुस र युक्रेनसहित विश्वका ७० देशका ७३८ जना आरोहीले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई आरोहणको अनुमति दिएको हो ।

विभागका अनुसार हालसम्म ९० समूहमा ७३८ जनाले २१ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

यसवर्ष सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणको लागि हालसम्म २६२ जनाले अनुमति लिइसकेका छन् ।

हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी रहेका छन् । विभागका अनुहार हालसम्म ११७ जना अमेरिकीले हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन् ।

यस्तै, बेलायतबाट ७४, नेपालबाट ५५ जना, भारतबाट ५५ जना, फ्रान्सबाट ५० जना, क्यानडाबाट २८, रुसबाट २५, अष्ट्रेलियाबाट २४, इरानबाट १८, जापनबाट १२, आयरल्याण्डबाट १०, नेदरल्याण्ड्सबाट १४, नर्वेबाट १२, दक्षिण कोरियाबाट १४, रोमानियाबाट ११ र युक्रेनबाट १ जनाले यसवर्ष हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।

एन्डोरा, अर्जेन्टिना, अष्ट्रिया, बेल्जियम, ब्राजिल, बुल्गेरिया, चिली, चीन, क्रोएसिया, चेक रिपब्लिक, डेनमार्क, इक्वेडर, इजिप्ट, एल साल्भाडोर, फिनल्याण्ड, जर्जिया, जर्मनी, ग्रीस, होण्डुरस, हङकङ, इराक, आयरल्याण्ड, इजरायल, इटाली, कजाकास्तान, केन्या, लिथुवानिया, मलेसिया, मेक्सिको, मंगोलिया, मोरोक्को, न्युजल्याण्ड, न्युजल्याण्ड, ओमान, पाकिस्तान, पेरु, पोल्याण्ड, पोर्चुगल, कतार, कोसोभो, मेसेडोनिया, रोमानिया, साउदी अरब, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वाजील्याण्ड, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, उरुग्वे र भियतनाम लगायतका देशका नागरिकले पनि हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।

हिमाल आरोहणको लागि अनुमति दिने क्रममा हालसम्म ३९ करोड ५१ लाख ७० हजार २३१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । सगरमाथा आरोहण गर्नेहरुबाट मात्र ३३ करोड २१ लाख १४ हजार १०० रुपैयाँ राजस्व उठेको छ ।

विभागका अनुसार यसवर्ष हिमाल आरोहण गर्न अनुमति लिनेमध्ये ५८३ जना पुरुष र १५५ जना महिला रहेका छन् ।

IME
khanepani