काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

धादिङमा सत्तारुढ तीन दलबीच सहमति, जसपा बाहिरै

4.76K
shares
khanepani bord

काठमाडौं । सत्तारुढ गठबन्धनका तीन दलहरू धादिङमा स्थानीय तह बाँडफाँडमा सहमति नजिक पुगेका छन् ।

आइतबार जिल्ला सदरमुकाम धादिङबेसीमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूको बैठकले जिल्लामा रहेको १३ स्थानीय तहको प्रमुख पदको भागबण्डा गरेका हुन् ।

बैठकमा सहभागी एकीकृत समाजवादीका सचिव सुवास खतिवडाले कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति बनेको जानकारी दिए । उनका अनुसार संख्यामा सहमति भए पनि कुन स्थानीय तह कसले लिने भन्नेबारे सहमति भइसकेको छैन ।

बैठकमा जनता समाजवादी पार्टीका नेताहरूलाई खबर नगरिएको जसपाका केन्द्रीय सदस्य राजु नेपालले जानकारी दिए । आइतबार नै जसपा र नेकपा एमालेका नेताहरूबीच स्थानीय तहमा सम्भावित तालमेलबारे प्रारम्भित छलफल सुरु गरेको छ ।

एमाले, जसपा र राप्रपाबीच पनि तालमेलका लागि छलफल सुरु हुन लागेको जसपाका एक नेताले बताए ।

IME
khanepani