काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको...

पुरा पढ्नुहाेस्

पोखरामा सत्ता गठबन्धनमा खटपट, जसपाले भन्यो, ‘सम्मानजनक प्रस्ताव नआए एक्लै चुनाव लड्छौं’

4.46K
shares
khanepani bord

पोखरा । पोखरामा चुनाबी तालमेलका विषयमा सत्ता गठबन्धनका दलहरुबीच खटपट भएको छ । खासगरी जनता समाजवादी पार्टी (जसपा)ले सिट बाँडफाँटमा आफूहरुको सम्मानजनक उपस्थिति नभए एक्लै चुनाव लड्ने जनाएको छ ।

पोखरामा आइतबार साँझ सत्ता गठबन्धनका नेताहरुको बैठक बसेको थियो । भागबण्डा अंक नमिल्दा सो बैठक निष्कर्षविहीन भएको थियो । सिट बाँडफाँटको प्रस्तावमा असन्तुष्टि जनाउँदै जसपाका नेता आमोद कुमार थापा बैठक बीचमै छाडेर हिँडेका थिए ।

उनले भने, ‘सहमतिका लागि जुन प्याकेजको प्रस्ताव ल्याउने भन्ने थियो, त्यसअनुसारको प्रस्ताव नआएपछि अर्को प्रस्ताव ल्याउनुस् भनेका छौं ।’ आफू वार्ता समितिमै भएकाले प्रस्तावको विषयमा थप भन्न नसक्ने उनले बताए ।

यद्यपि जसपाले पोखरा महानगरपालिकामा उपमेयरमा दाबी गरेको स्रोतले जनाएको छ । यसैगरी अन्नपूर्ण गाउँपालिका अध्यक्ष पदमा दाबी गर्दै नवराज पौडेललाई उम्मेदवार तोकिसकेको छ ।

सम्मानजनक प्रस्ताव नआए जसपाले एकल रुपमा चुनाव लड्ने जसपाले जनाएको छ । ‘सहमति नभए गठबन्धनभित्रैबाट एकल रुपमा पनि चुनाव लड्नसक्ने कार्यविधि बनेको छ,’ थापाले भने, ‘चित्तबुझ्दो प्रस्ताव नआए हामी त्यसै अनुसार अगाडि बढ्छौं ।’

जसपा गण्डकी प्रदेशका उपाध्यक्ष किरण थापाले पनि नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दम्भ छाडेमा कुरा मिल्ने, नत्र समस्या हुने बताए ।

केही समय अगाडि डा. बाबुराम भट्टराई र हिसिला यमीले पोखरा आएर एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई भेटेर वैशाख ३० गते निर्धारित स्थानीय तह निर्वाचनको विषयमा छलफल गरेका थिए ।

IME
khanepani