दुईवटा मोटरसाइकल जुध्दा युवकको मृत्यु

रौतहट । राैतहटमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु भएको हाे ।

बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र बिआर ३९एफ ५००३ नम्बरको मोटरसाइकल गएराति १० बजे दुर्घटनामा पर्दा बारा आदर्शकोतवाल गाउँपालिका-४ का २२ वर्षीय कमोद यादवको ज्यान गएकाे इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताए ।

दुर्घटनामा गम्भीर घाइते भई अचेत भएका यादवलाई उपचारका लागि अस्पताल लगिएकाे थियाे । तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लम्सालले बताए ।

दुर्घटनामा भारतकाे बिहारका विकास यादव घाइते भएका छन् । सामान्य घाइते भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर साेधपुछ थालेकाे छ । यादव मोटरसाइकलमा सवार थिए । उनी सवार माेटरसाइकलका चालक फरार छन् ।

५,बैशाख.२०७९,सोमबार ०८:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्