गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

भारतमा लगातार ११ सातासम्म ओह्रालो लागेको कोरोना संक्रमण फेरि बढ्न थाल्यो

4.24K
shares
khanepani bord

काठमाडौँ । काठमाडौँँ छिमेकी मुलुक भारतमा लगातार ११ सातासम्म ओह्रालो लागेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ।

टाइम्स अफ इन्डियाका अनुसार यो साता (अप्रिल ११-१७) अघिल्लो साताको तुलनामा कोरोना संक्रमण ३५ प्रतिशतले बढेको छ। भारतको राजधानी दिल्ली, उत्तर प्रदेश र हरियाणामा संक्रमण ह्वात्तै बढेको छ।

अघिल्लो साता भारतमा ४९०० संक्रमित थपिएकोमा यो साता ६६१० संक्रमित थपिएका छन्। दिल्लीमा अघिल्लो साताभन्दा यसपालि १४५ प्रतिशतले संक्रमण वृद्धि भएपछि थप सावधानी अपनाइएको छ।

दिल्लीका स्कुले विद्यार्थीहरूमा संक्रमण देखिन थालेपछि ती विद्यालयमा भौतिक पठन-पाठन बन्द गर्नेबे छलफल हुँदैछ। दिल्लीमा पछिल्लो समय बढिरहेको कोरोनाको संक्रमणबारे बुधबार दिल्ली डिज्यास्टर म्यानेजमेन्ट अथोरिटीको बैठक बस्दैछ।

भारतका अरू राज्यहरूमा भने कोरोनाको संक्रमण बढेको देखिँदैन। भारतमा अहिलेसम्म ४ करोड ३० लाख मानिसमा कोरोना संक्रमण भएको छ भने तीमध्ये पाँच लाख २१ हजारले ज्यान गुमाएका छन्।

IME
khanepani