गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक जारी

4.16K
shares
khanepani bord

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे नौ बजेदेखि बैठक बसेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले चुनावी तयारीबारे छलफल गर्न बैठक बसिरहेको जानकारी दिए ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफल गरिरहेका छन् । तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ ।

सोमबारको बैठकले मुलतः ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँट गर्ने तयारी छ । गठबन्धनको चुनावी तयारी, परिचालन तथा अनुगमन समितिले आइतबार त्यसबारे होमवर्क गरेको थियो । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले धेरै सिटमा दाबी गरेपछि त्यसबारे कुनै सहमति भने भइसकेको छैन । कांग्रेस महामन्त्री गगन थापाले स्थानीय चुनाव भएकाले स्थानीय नेता कार्यकर्ताको भावना बमोजिम अघि बढ्नुपर्नेमा जोड दिएको बताए ।

‘हामी केन्द्रबाट सिट बाँडफाँटको कुरा गर्दैछौँ । तर यो स्थानीय चुनाव हो । केन्द्रले निर्णय गर्दैमा स्थानीय तहमा पाँच दलको मन मिल्छ भन्ने छैन,’ उनले भने, ‘धेरै ठाउँमा कांग्रेसमात्रै होइन, माओवादी र जसपाका साथीहरुले पनि एक्ला एक्लै लड्न भनिरहेका छन् । यस्तो बेला गठबन्धन लाद्ने गरी केन्द्रबाट निर्णय गर्न मिल्दैन ।’

आइतबार विहान छलफल गरेका शीर्ष नेताहरुले भने सोमबार महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँट टुंगो लगाउने समझदारी बनाएका थिए ।

IME
khanepani