काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

वैद्यको पार्टीका पोलिट्यूरो सदस्य माओवादी केन्द्रमा

4.76K
shares
khanepani bord

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य नागेन्द्र राई नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सोमबार पार्टी कार्यालयमा आयोजित प्रवेश कार्यक्रममा प्रवक्ता कृष्णबहादुर महाराले राई नेतृत्वको टोलीलाई स्वागत गरेको थियो ।

राईको नेतृत्वमा तीनजना पोलिट्व्यूरो सदस्य, तीन जना केन्द्रीय सदस्य, पनि माओवादी केन्द्रमा समाहित भएको महराले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

त्यस्तै जितबहादुर चौधरी नेतृत्वको नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी पनि माओवादी केन्द्रमा समाहित भएको छ ।

IME
khanepani