काठमाडौं । विवेकशील साझा पार्टीले टोखा नगरपालिकाको मेयर पदमा लक्ष्मणराज सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिटौला विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन् ।
२०२३ सालमा नुवाकोटको शिवपुरी गाउँपालिकामा जन्मिई २०४२ सालदेखि टोखा नगरपालिका वडा नं. ११ मा स्थायी बसोबास गर्दै आएका सिटौला कृषि पेशासँग आवद्ध छन् ।
एम.ए., एल.एल.बी. अध्ययन गरेका सिटौलाले नेपाल वायु सेवा निगममा ३३ वर्ष प्रशासनिक कार्य गरी उपसचिव स्तरबाट दुई वर्ष अघि राजीनामा दिएका थिए ।
विभिन्न पत्रपत्रिकामार्फत सिटौलाका लेख रचना प्रकाशित छन् । सिटौलाका २३ वटा साहित्यिक कृति प्रकाशित छन् भने दुई वटा चलचित्र निर्माण भएका छन् ।
सिटौलाको लामो प्रशासनिक दक्षता, सिर्जनात्मक क्षमता एवं राजनीतिक, सामाजिक र आर्थिक सुझबुझलाई राष्ट्रहितमा थप उपयोगबाट वैकल्पिक राजनीतिलाई स्थापित गर्न थप बल पुग्ने विश्वासका साथ उनलाई टोखा नगरपालिकामा मेयरको उम्मेदवारका रुपमा अघि सारेको विवेकशील साझा पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्