काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

दलविहीन निर्वाचन गर्नुपर्छ : कांग्रेस नेता भण्डारी

4.28K
shares
khanepani bord

रूपन्देही । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले स्थानीय तहको निर्वाचन दलविहीन हुनुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘स्थानीय तहको नेतृत्व छनोट स्थानीय तहको महत्त्व र आवश्यक्ताको आधारमा छलफल गरी गर्नुपर्दछ । स्थानीय तह बेरोजगारी घटाउने ठाउँ पक्कै होइन । यो त जनताको सबैभन्दा नजिकको सबै प्रकारका सेवा तत्काल उपलब्ध गराउने अत्यन्तै जिम्मेवार एवम् संवेदनशील निकाय हो तसर्थ स्थानीय तहको निर्वाचन पार्टीविहीन हुनुपर्दछ भन्ने विचार विगतको अनुभवले आज सत्य प्रमाणित गराएको छ जुन परिपक्व र सत्य विचार संविधान निर्माणको क्रममा संविधान सभामा राख्ने अवसर गुल्मेली जनताले मलाई दिनु भएको थियो ।’

नेता भण्डारीले मंगलबार नै बुटवलमा पत्रकारसँग कुराकानी गर्दै पाँच दलीय गठबन्धन सत्ता स्वार्थका कारण भएको बताए । उनले गठबन्धनले घाटा लाग्ने समेत बताए ।

‘दलहरूले आफ्नो लक्ष्य र उद्देश्य अनुसारको एक्लै निर्वाचन लडनुपर्ने हो’, उनले भने, ‘गठबन्धन गर्नु जनताको भन्दा सत्ताकै स्वार्थ देखिन्छ ।’

IME
khanepani