गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगको आग्रह

4.42K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिवद्धतापत्रमा मानव अधिकारका विषय समावेश गर्न सबै दलहरुलाई आग्रह गरेको छ ।

मंगलबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना घोषणापत्रमा मानव अधिकारका विषयलाई अझ स्पष्टताका साथ समावेश गर्न आग्रह गरेका हुन् ।

‘हरेक राजनीतिक दलको प्रतिज्ञापत्रको रुपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप उच्च महत्व र प्राथमिकताका साथ मानव अधिकारका विषयलाई समावेश गर्न आयोग सम्पूर्ण राजनीतिक दलहरूलाई विशेष आग्रह गर्दछ’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

IME
khanepani